अमेरिकामा पनि नेपालीलाई वोर्किङ भिसा
न्युर्योक । अमेरिकाले सन् २०१७ देखि लागू हुने गरी एच-वान बी वर्किङ भिसा जारी गर्ने भएको छ। अति दक्ष कामदारका लागि उपलब्ध हुने यो भिसामा धेरैको पहिलेदेखि चासो रहँदै आएको छ। एच-वान बी भिसा मूलत प्रविधि क्षेत्रमा काम गर्नेहरुका लागि चासोको विषय हुने गर्छ। विज्ञान, प्रविधि र कम्प्युटर प्रोग्रामरहरुका लागि अमेरिकामा काम गर्नका लागि यो महत्वपूर्ण समाचार पनि हो। अक्टोबर १ बाट सुरु हुने आर्थिक वर्ष २०१७ का लागि ६५ हजारले यो भिसा पाउने छन्। सुरुमा २० हजार एच – १ बी निवेदक अमेरिकामा स्नातकोत्तर पूरा गरेका वा उच्च शिक्षा हासिल गरेकाहरु हुनेछन् जसलाई ६५ हजारमा समेटिएको छैन। अमेरिकाको नागरिकता तथा अध्यागमन सेवाले यसै वर्षका लागि ५ दिनभित्र ६५ हजारभन्दा बढी आवेदन स्वीकार्ने जनाएको छ। के हो एच-वान बी भिसा? इमिग्रेसन एन्ड नेसनालिटी एक्टमा भएको व्यवस्था अनुसार एच-वान बी नन इमिग्रेन्स भिसा दिइन्छ। यसले विदेशी कामदारलाई अमेरिकामा अस्थायी रुपमा काम गर्नका लागि अनुमति दिन्छ। यस्तो भिसा लागेका कामदारलाई कम्पनीले हटायो भने मुद्दा चल्छ र उनले अर्को कम्पनीमा सहजै काम गर्न समेत पाउँछ। -
Comments
Latest Blog Post
22 Mar 2016
अमेरिकामा पनि नेपालीलाई वोर्किङ भिसा
21 Mar 2016
Tender Sales Executive
20 Mar 2016
Country Specific Counselor
18 Mar 2016
सरकारले माग्यो साढे २४ सय ईन्जिनियर
18 Mar 2016
६११ जनालाई शिक्षक आयोग अन्तर्गत रोजगारी को अवसर ||
Most Viewed Post
01 Feb 2016
७५ जनालाई अनुसन्धान बिभागमा जागिरको अवसर !
12 Feb 2016
एलजीसीडीपी अधिकृतमा २ सय ९२ का लागि जागिरको अवसर, मासिक ५० हजार तलब पाउने
09 Mar 2016
लोकसेवा आयोगमा १४०० जनाको लागि दर्खास्त आह्वान
21 Feb 2016
५०१ जनालाई नेपाल बिधुत प्राधिकरणमा रोजगारिको अवसर
18 Mar 2016
सरकारले माग्यो साढे २४ सय ईन्जिनियर
No comments:
Post a Comment